सि.टा समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को न्यालु लेकमा अबरुद्ध रहेको सडक सुचारु भएको छ । पाँच हजार मिटर अग्लो सडकमा जमेको हिउ स्काभेटरबाट पन्छाउने कार्य सम्पन्न गरि यातायात सुचारु भएपछि रोकिएका आन्तरिक तथा बाह्य पर्यटकअरु र चालकहरु आफ्नो गन्तव्यतर्फ फर्कन पाएका हुन । सिमकोटबाट गएको एघार दिनपछि फिर्ता हुन पाएको लाप्चा पुगेर छोराको ब्रतबन्ध गर्नु गएका सिमकोट गाउँपालिका– ५ का मानबिर रोकायाले न्यालुमा जमेको हिउ फालेर सडक सुचारु हुँदा आउन पाएको बताए ।
उनीहरुको टोली लाप्चातर्फ जाँदै गर्दा गत असोज २३ र २४ गते हिमपात भएको थियो । यसयता पाँच हजार मिटर उचाईको न्यालु सडक अबरुद्ध हुँदै आएको थियो । सडक अबरुद्ध भएपछि सात जना भारतीय, चार जना अन्य देशका पर्यटक, चार जना चितवन, एक जना मुगु, हुम्लाका आठ जना गरि २४ जना पर्यटक र पाँच जना चालकहरु सदरमुकाम सिमकोट आई पुगेको छन । यो बिचमा धेरै समस्या भोगेर तुम्लिङमा बास बस्नु परेको बताउदै तर पनि सवै पर्यटकहरु सकुसल सिमकोट फिर्ता हुन पाएकोमा उनले खुसी ब्यक्त गरे ।
उनीहरु आठ जना हिमपात मै लाप्चा पुगेर फर्केका थिए । बाह्य पर्यटकहरु भने लिमी उपत्यका घुम्न गएका थिए । भारतीय पर्यटकहरु भने ताक्चीबाट हिल्सा हुँदै सिमकोट फिर्ता भएका हुन । २५ गते स्काभेटर पठाएर न्यालु लेकको सडकमा जमेको हिउ फाल्ने कार्य गरि सडक सुचारु गरिएको पुर्वाधार बिकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले बताए ।
झण्डै तीन किलो मिटर सडकमा जमेको चार फिट हिउ पाल्न स्काभेटरलाई तीन दिन लागेको थियो । जे भएपनि सडकमा जमेको हिउ पन्छाएर यातायात सुचारु गरि ताक्चीमा फसेका पर्यटकहरु फिर्ता आउन पाएकोमा उनले खुसी ब्यक्त गरे । न्यालुमा यसवर्ष असोज महिना मै हिमपात भएर सडक अबरुद्ध भएको हो ।























