पत्रकार महासंघको लाप्चा बैठकद्धारा पाँच जना पुर्वअध्यक्ष सम्मानीत

फोटो क्याप्सन लाप्चामा पुर्व अध्यक्ष कर्णबहादुर रोकायालाई सम्मान गरिदै ।

सि.टा समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको पुर्ण बैठकले आफ्ना पाँच जना पुर्व अध्यक्षलाई सम्मान गरेको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचारप्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो पुर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले जानकारी दिए । पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासंघले आफ्नो बैठक लाप्चामा राख्ने कार्य गरेको हो ।

महासंघका पाँच जना पुर्व अध्यक्षहरु स्वर्गीय जयबहादुर रोकाया, तीर्थराज रोकाया, कर्णबहादुर रोकाया, रमेश ऐडी र अर्जुन बोहरालाई सम्मान पनि गरेको छ भने हाल काठमाडौंमा उपचार पत्रकार मिमसिंह नेपालको उपचारका लागि आर्थिक सहयोगका लागि पहल गर्ने निर्णय पनि गरेको छ । महासंघको बैठक लाप्चामा वस्नका लागि पन्द्र सदस्यीय पत्रकारको टोली लिमीतर्फ गएको थियो ।

लाप्चा क्षेत्रमा हिउ जमेको कारण पुर्वाधार बिकास कार्यालयले स्काभेटर लगाएर हिउ फाल्ने कार्य गरेको थियो । महासंघको टोली लिमीकै हल्जी गाउँँमा पनि पुगेको थियो । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टर गरेको छ ।