सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा अठचालीस भन्दा बढी बालबालिकालाई भिटामिन ए खुवाउन सुरु भएको छ । जिल्लामा भिटामिन ए ढिलो गरि प्राप्त भएको र सदरमुकाम सिमकोटबाट गाउँपालिकासम्म पुर्याउन समय लाग्ने भएको कारण माथिल्लो निकायले समय थप गरेको कारण पछिसम्म खुवाउन पाईने भएको हो ।
देशभर राष्ट्रिय अभियानका रुपमा सञ्चालन भई रहेको भिटामिन ए खवाउने बालबालिका चार हजार ८१० जनालाई सुरु भएको छ । यो कार्यक्रम कात्तिक २४ गतेसम्म खवाउन पाईने भएको छ । हुम्लाका सात वटै गाउँपालिकाका सवै स्वास्थ्य संस्था र वडाहरुमा कात्तिक २४ गतेसम्म भिटामिन ए खवाउन पाईने गरि निर्देशन आएको स्वास्थ्य सेवा कार्यालय भिटामिन ए कार्यक्रमका सम्पर्क ब्यक्ति टसी पाल्जोर लामाले बताए ।
प्रदेशबाटै ढिलो गरि प्राप्त भएको भिटामिन ए सवै गाउँँपालिकामा पठाई सकेको भएपनि ढिलो गरि पुग्ने भएको कारण समय थप गरिएको छ । देशभर भिटामिन ए खुवाउने कार्य कात्तिक २० र २१ गते तोकिएको थियो । नजिकका स्वास्थ्य संस्थामा भिटामिन ए खुवाउने कार्य सुरु भई रहेको भएपनि टाढाका संस्थामा ढिलो पुगेको कारण कर्णाली प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रले २४ गतेसम्म खुवाउन मिल्ने समय प्रदान गरिएको हो ।
केन्द्रका् लक्ष्य अनुसार हुम्लामा चार हजार ८१० बालबालिकालाई भिटामिन खुवाउने कार्यक्रम रहेको छ । स्वास्थ्य सेवा कार्यालयबाट प्राप्त बिबरण अनुसार केन्द्रले गाउँपालिका अनुसार राखेको लक्ष्यमा नाम्खामा २४० जना, सिमकोटमा एक हजार एक सय जना, खार्पुनाथमा ६६० जना, सर्केगार्डमा एक हजार जना, चङ्खेलीमा ५५० जना, अदानचुलीमा ७३० जना ताँजाकोट गाउँपालिकामा ५३० जना बालबालिकालाई भिटामिन ए खुवाईनेछ ।












