सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता आजबाट सुरु हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुँने भएपछि सिमकोट गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिका स्तरीय पहिलो अध्यक्ष कप प्रतियोगिता आजबाट सुरु हुने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए ।
यसका लागि गाउँपालिकाका सात वटै माध्यामिक विद्यालयहरुको सहभागिता रहनेछ । ट्राक, फिल्ड र भलिबल गरि तेह्र वटा खेलहरु हुनेछन । ती सवै खेलमा छात्रा र छात्रबिच छुट्टा छुट्टै प्रतियोगिता हुनेछ । प्रतियोगिता आजबाट २९ गतेसम्म सञ्चालन हुनेछन । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ भने आयोजना रामदेव माविले गर्नेछ । प्रतियोगिताको आज दिउसो सिमकोट खेल मैदानमा उद्घटन गरिदै छ ।
























