गाउँपालिकाका शिक्षा र महिला तथा बालबालिका शाखा प्रमुखलाई क्षेमता बिकास सम्वन्धि अभिमुखीकरण

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सात वटै गाउँपालिका शिक्षा शाखा र महिला तथा बालबालिका शाखा प्रमुखलाई क्षेमता बिकास सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

शनिबारबाट सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रममा सात वटै गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख र महिला बालबालिका शाखा प्रमुखको सहभागिता रहेको सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताए । अभिमुखीकरण कार्यक्रममा ब्यक्तित्व बिकासदेखि कार्यालय ब्यवस्थापनका कुराहरु छलफल गरिनेछ ।

यो कार्यक्रमका लागि प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख बिशेषज्ञ चिकीत्सक उमाकान्त तिवारी, समाजिक बिकास कार्यालयका प्रमुख सिंह लगाएतले सहजिकरण गर्ने छन भने सहभागीले पनि आफ्नो अनुभव आदान प्रदान गर्नेछन । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले संघीयता अघि महिला बिकास कार्यालय फस्टाउने क्रममा रहेको भएपनि संघीयता पछि भने खासै महत्व नपाएको बताए । कार्यक्रम आईतबारसम्म सञ्चालन हुनेछ ।