सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिधुत आपुर्ती गर्दै आएको हिल्दुम बिधुत बितरण केन्द्रले आफ्नो बिधुत आपुर्ती कार्य बन्द गर्ने भएको छ । आईतबार बिहान सात वजेबाट विधुत आपुर्ती बन्द हुने भएको हो । पावर हउस लगाएत संरचनामा मर्मत कार्य गर्नु पर्ने भएको कारण केन्द्रले आफ्नो बिधुत आपुर्ती कार्य बन्द गर्न लागेको हो ।
पावर हाउसको इन्टेक, फर्बे र ओभर फ्लोको मर्मत कार्य गर्नुपर्ने भएको कारण पाँँच दिनका लागि केन्द्रले बिधुत आपुर्ती कार्य पाँच दिनका लागि बन्द गर्न लागेको बितरण केन्द्रका प्रमुख इन्जिनीयर जितेन्द्र शाहले बताए । बिधुत आपुर्ती कार्य कात्तिक २३ गतेबाट २७ गतेसम्म हुनेछ ।
यो पाँच दिनमा बिधुत आपुर्ती कार्य पुर्ण रुपमा बन्द गरेर मर्मत कार्य गरिने छ । यतिबेला सदरमुकाम सिमकोट लगाएतका क्षेत्रमा पुर्ण रुपमा बिधुत आपुर्ती कार्य ठप्प हुनेछ । केन्द्रले बिधुत आपुर्ती बन्द हुने भएको कारण अग्रीम सुचाना समेत जारी गरेको छ । तीन हजार भन्दा बढी ग्राहकहरु यसबाट प्रभावित हुनेछन । अव आगामी कात्तिक २८ गते साँझ मात्र बिधुत आपुर्ती हुनेछ ।

















