सि.डिभिजन फुटबल क्वालिफाईट टुर्नामेन्ट २०८२ का लागि हुम्लाका खेलाडी छनौट कार्य जारी

सि.टा. समाचारदाता
काठमाडौंमा हुन लागेको सि.डिभिजन फुटबल क्वालिफाईट टुर्नामेन्ट २०८२ प्रतियोगिताका लागि छनौट खेलमा हुम्ला जिल्लाबाट खेलाडी छनौट कार्य सुरु भएको छ । हुम्ला फुटबल ऐकेडेमीको आयोजनामा खेलाडी छनौट कार्य सुरु भएको हो ।
दोस्रो दिनमा एरिना फुटसल बौद्धमा भएको छनौट कार्यमा २६ जना खेलाडीहरुको सहभागिता रहेको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए ।

शनिबारर सहभागी खेलाडीहरुले अभ्यास समेत गरेका थिए । खेलाडीहरु २० जना हुम्ला, दुई जना मुगु र दुई काठमाडौंका र दुई जना धरानका खेलाडीहरु रहेका छन । त्यसैगरि तेस्रो दिन भक्तपुरमा खेलाडी उपस्थित गराएर अन्तिम छनौट कार्य गरिनेछ । त्यसबाट छनौट भएका २३ जना खेलाडीहरुलाई प्रतियोगिताको बन्द प्रशिक्षणमा राखिने छ । प्रतियोगिता मंसीर ५ गतेबाट काठमाडौंमा हुदैछ । यसका लागि आर्थिक जोहो गर्न ऐकेडेमीलाई उत्तिकै चटारो रहेको छ ।