एसईई उत्कृष्ट नतिजा ल्याउने र बिज्ञान प्रर्दशनीका बिजेता बिधार्थी पुरस्कृत

सि.टा. समाचारदाता
सिमकोट । शैक्षिक सत्र ०८१ मा सिमकोट गाउँपालिका का सात वटा माविबाट एसईईमा सहभागिता जनाएर सबै भन्दा धेरै जिपिए ल्याउने बिधार्थी र कर्णाली प्रदेश स्तरमा बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रममा बिजेता बिधार्थीहरु पुरस्कृत भएका छन । यसअघि सिमकोट गाउँपालिका शिक्षा समितिको बैठकले यी बिधामा बिजेता हुने बिधार्थीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

एसईईमा सिमकोट गाउँँपालिकामा सबै भन्दा धेरै तीन दशमलव ६१ जिपिए ल्याउने बालमन्दिर माविका छात्र युवाराज बोहरालाई नगद पच्चीस हजार रुपियाँ प्रदान गरेर पुरस्कृत गरेको छ । तीन वर्ष अगाडीदेखि सिमकोटले तीन दसमलव छ जिपिए ल्याउने बिधार्थीलाई प्रोत्साहन गर्ने निर्णय गरेको भएपनि उक्त जिपिए अघिल्ला दुई वर्ष कुनै पनि बिधार्थीहरुले ल्याउन सकेका थिएनन् ।

त्यसैगरि हुम्ला जिल्लाबाट बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रममा बिजेता भई प्रदेश स्तरमा सहभागिता जनाउदै प्रदेशमा पनि बिजेता भएका दुई जना बिधार्थीहरु पनि पुरस्कृत भएका छन ।

मानसरोवर माविका छात्राले कर्णाली प्रदेशका दश वटै जिल्लासंग प्रतिश्प्रर्धा गर्दै बिजेता भएका थिए । बिधार्थीहरु सन्तोस शाही र आकास शाहीलाई जनही पन्द्र पन्द्र हजार रुपियाँ नगद पुरस्कार प्रदान गरेर पुरस्कृत गरेको हो ।

त्यसैगरि सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट उत्कृष्ट शिक्षक छनौट भएका मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ ।