सि.टा. समचारदाता
सिमकोट । नेकपा एमाले जिल्ला कार्य समिति हुम्लाले कात्तिक २९ गते बिरोध प्रर्दशनी गर्ने भएको छ । जेन जी आन्दोलनपछि देशमा अस्थिरता र ज्याददती बृद्धि भएको भन्दै एमाले हुम्लाले सो प्रर्दशनी गर्न लागेको हो ।
गत भदौ २३ र २४ गतेको आन्दोलन पछि देशमा कुशासन, अस्थिरता, अराजकता बृद्धि भएको कारण त्यसलाई खवरदारी गर्नका लागि एमाले हुम्लाको आयोजनामा कात्तिक २९ गते बिरोध प्रर्दशनी गर्न लागिएको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले बताए । त्यसैगरि संसद बिघटन बिरुद्ध पनि उक्त प्रर्दशनी गर्न लागिएको उनको भनाई छ ।
जेन जीका सही मागको सर्मथन गर्दै अन्य देश बिरोधी कुनै पनि गतिधिविहरु बिरुद्ध एमाले सर्तक भएर लाग्ने उनले बताए । यसका लागि एमाले स्थायी कमिटीमा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने गोरखबहाादुर बोगटी, केन्द्रीय सदस्य र दलबहादुर फडेरा जिल्लामा आई सकेका छन भने दलबहादुर रावल र छक्क बहादुर लामा जिल्ला आउने छन ।
एमाले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु पनि सदरमुकाम सिमकोटमा आउने कार्यक्रम तय गरिएको छ । सिमकोट बजारमा प्ले कार्ड नारा सहित एमाले प्रर्दशनी गर्न लागेको हो ।

















