कात्तिक ३० गते मात्र बिधुत आपुर्ती हुने

फोटो क्याप्सन सिमेन्ट सेट हुन बाँकी रहेको ओभर फ्लो । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । मर्मत कार्य पुरा भएको भएपनि हिल्दुम बिधुत बितरण केन्द्रले कात्तिक ३० गते मात्र बिधुत आपुर्ती गर्ने भएको छ । ओभर फ्लो र इन्टेकको मर्मत कार्य सम्पन्न भएको भएपनि सिमेन्ट सेट हुन बाँकी रहेको कारण बिधुत आपुर्ती गर्ने कार्य दुई दिन पछि सारिएको हो ।

केन्द्रका प्रमुख इन्जिनीय जितेन्द्र शाहले कात्तिक २८ गते आजबाट बिधुत आपुर्ती हुने भनिएको भएपनि प्राविधिक कारण दुई दिनपछि मात्र बिधुत आपुर्ती हुने बताए । मर्मत कार्य पुरा भएको भएपनि सिमेन्ट सेट हुन समय लागेको कारण यसअघि भनिएको मितिमा दुई दिन थप गरेर मात्र बिधुत आपुर्ती हुने उनले बताए ।

फर्बे ट्याङ्की नजिकको ओभर फ्लो र इन्टेकको मर्मत कार्य पुरा भएको र अब सिमेन्ट सेट हुने काम भई रहेको छ । मर्मत गरिएको सिमेन्ट सेट भएपछि आईतबार बेलुकाबाट बिधुत आपुर्ती सुचारु गरिने छ । त्यसैगरि मुहान देखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पुरा भएको छ ।