अब सेडुअल उडानको टिकट यसरी बितरण हुने

सि.टा. समाचारदाता
सिमकोट । सिमकोटबाट नेपालगजका लागि सेडुअल उडानको टिकट नयाँ किसिमले बितरण गर्न लागिएका्े छ । सिमकोट गाउँपालिका– ५ का युवाहरुले टिकट बितरण प्रर्णाली अनियमित भएको भन्दै बिरोध जनाएपछि शनिबार बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले सहमति गरेपछि भएको निर्णय अनुसार सिमकोटबाट नेपालगंज यात्रा गर्ने यात्रुहरुले अव नयाँ किसिमले टिकट बितरण गरिने छ । यसमा प्रत्येक सेडुअल उडानमा दुई वटा बिरामीको सिट, तीन वटा सकारी सिट, तीन सिट अनलाईनबाट बितरण, सिमकोट गाउँपालिका– ५ र ६ का स्थानीयले एक एक सिट गरि दश सिट बितरण गरिनेछ ।

बाँकी तीन देखि चार सिट एयरलाईन्सहरुले न्यायसंगत किसिमले बितरण गर्नेछन् । सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीयले पहिलो पटक यसरी आरक्षण सिट आउने छन । यी टिकटहरु सीता, समिट, तारा र नेपाल एयरलाईन्सका सेडुअल उडानका लागि हुनेछ ।

यसअघि शनिबार बिहान सिमकोटका युवाहरुले टिकटहरु मलाग्दै बितरण गरेको भन्दै चार वटै एयरलाईन्सको कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको जानकारी पाउपछि स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीति दलहरु, एयरलाईन्सका प्रतिनिधि राखेर बैठक वसालेको थियो । बैठकले सो निर्णय गरेको र उक्त निर्णय आईतबारबाट लागु