कर्णाली प्रदेशको बिकास उत्तरबाट दक्षिणतर्फ हुने ः उपाध्यक्ष योगी

फोटो क्याप्सन कार्यक्रममा आफ्नो भनाई राख्दै उपाध्यक्ष योगी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । कर्णाली प्रदेशको बिकास उत्तरबाट दक्षिणतर्फ हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले बताएका छन । मंगलबार हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयन सम्वन्धि अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष योगीले सो कुरा बताएका हुन ।

अब कर्णाली बिकास उत्तरबाट दक्षिणतर्फ गर्ने गरि तयारी कर्णाली प्रदेश योजना आयोग योजना बनाएको उनले बताए । अब यसको सुरुवात हुम्ला र डोल्पाबाट हुने उनले बताए । सुर्खेतको मात्र बिकास गरेर नहुने बताउदै कर्णाली बिकटका जिल्लाको बिकासमा ध्यान दिने उनले बताए ।

कर्णाली प्रदेशको बिकासका लागि संघ सरकारको मुख ताक्नु पर्ने बाध्यता रहेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले बताएका छन । कर्णाली प्रदेश सरकारलाई आफनै साधन र श्रोतबाट बिकास गर्न संभवन नभएको उपाध्यक्ष योगीले बताए । उनले आन्तरिक आम्दानी न्यून भएको कारण यस्ते अवस्था आएको बताए । त्यसैले प्रदेशको बिकासका लागि संघ सरकारको बजेटको भर पर्नुपर्ने बाध्यता प्रदेश सरकारलाई भएको उनले बताए ।

सुर्खेतको मात्र बिकास गरेर नहुने बताउदै कर्णाली बिकटका जिल्लाको बिकासमा ध्यान दिने उनले बताए । भौतिक पुर्वाधार बिकासलाई मात्र बिकास नमाने र अन्य बिकासलाई पनि यो पंञ्चवर्षीय याोजनाले प्राथमिकता दिएको उनको भनाई छ । यो जनाहरु दिर्घकालीन, मध्यकालीन र अल्पकालीन रुपमा सञ्चाालन गर्ने गरि समेटिएको उनको भनाई छ ।

अहिलेका जनप्रतिनिधि र कर्मचारीप्रति युवा पुस्ताको आक्रोस रहेको बताउदै उनले यसतर्फ गम्भीर भएर सोच्नु पर्ने उनले बताए । अब प्रदेश सरकारले आर्थिक बृद्धि हुने योजना तर्जुमा पर्नेतर्फ ध्यान दिने उनले बताए । सो कार्यक्रममा आयोगका सदस्य असोक नाथ योगीले र आयोगका प्रशासकीय अधिकृत गोपाल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रमाथि सहभागीहरुले सुझावहरु दिएका थिए । यो पञ्चवर्षीय योजना आव ०८१।०८२ देखि आव ०८५।०८६ सम्म अवभी रहेको छ । काार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सर्केगार्ड गाउपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, नाम्खा गाउँपालिका अध्यक्ष तक्दिर लामा, सिमकोटका उपाध्यक्ष शुशिला रोकाया भाम, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकाया, प्रदेश सरकार अन्र्तगतका कार्यालयका प्रमुखको सहभागिता रहेको छ । यसअघि सहभागीहरुलाई तीन समुहका बिभाजन गरेर पञ्चवर्षीय योजना कार्यान्वयनका लागि कार्ययोजना समेत तयारी गरि प्रस्तुम गरिएको थियो ।