सि.टा समचारदाता
सिमकोट । हुम्ला जिल्लामा उद्योग दिवस मनाउने कार्य भएको छ । उद्योग तथा उपभााोक्ता हकहित संरक्षण कार्यालयकोे आयोजनामा एघारौ उद्योग दिवस मनाईएको छ ।
“औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मुल नाराको साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले यस वर्ष ११ औं राष्ट्रिय उद्योग दिवस मनाएको छ ।
मानसरोवर होटेलमा आएर सभामा परिणत भै हुम्ला जिल्लामा औद्योगिक विकास सम्भावना र चुनौतीहरु बिषयमा अन्तक्रिया आयोजना गरिएको थियो । उक्त अन्र्तकृया कार्यक्रममा सिमकोट गाउँँपालिका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, , जिल्लाका राजनीतिक दलहरुबाट एमाले अध्यक्ष ज्ञानी बुमी र उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी आफ्नो भनाई राखेका थिए ।
चारै जना बक्ताहरुले हुम्लामा उद्योगको संभावना, चुनौती, अवसरका बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यालयका प्रमुख अर्जुनराज जोशीको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुको उपस्थितिमा रहेको थियो । यसअघि बिभिन्न प्ले कार्ड बोकेको र्यालीले नारा समेत लगाएको थियो । उक्त दिवसको अवसरमा सिमकोट बजारमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
















