सि.टा. समाचारदाता
सिमकोट । हाल काठमाडौंमा सञ्चालन भई रहेको सहिद मेमोरियल लिग छनौट चरण अन्र्तगत बुधबार हुम्ला फुटबल ऐकेडेमीले काठमाडौं थानकोट युवा क्लयवसंग भिड्ने भएको छ । एन्फा ऐकेडेमीको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
बुधबार दिउसो तीन बजे ऐकेडेमी र थानकोटबिच प्रतियोगिता सञ्चालन हुने ऐकेडेमीका हध्यक्ष बिष्णु रावतले जानकारी दिए । यो ऐकेडेमीको दोस्रो खेल हो । यसअघि लिखुबुजी युवा क्लयव रामेछापसंग भिडेको थियो । सो प्रतियोगिता ऐकेडेमी पराजित भएको थियो । धेरै गोल अन्तरले पराजित भएको कारण प्रतियोगिताबाट भने ऐकेडेमी बाहिरी सकेको छ ।
























