बिमा सचेतनामूलक कार्यक्रम सञ्चालन

फोटो क्याप्सन बिमा सचेतना कार्यक्रमका सहभागीहरुसंग छलफल हुँदै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयबाट बिमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । बिमाको महत्व, फाईदा र उपयोगिता बुझाउनका लागि जिल्लास्तरमा यो कार्यक्रम आयोजना गरिएको हो ।

कर्णाली प्रदेशका साविकका जिल्लाहरुमा बिमा सम्वन्धि सचेतनामूलक कार्यक्रमको आवश्यकता खड्किएको कारण यो कार्यक्रम जिल्लास्तरमा सञ्चालन गरिएको बिमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख निलप्रसाद लामिछानेले बताए । उक्त कार्यक्रममा उनले बिमा किन र कसरी गर्ने भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रमा बिमा गर्दाको तत्कालीन र दिर्घकालीन महत्व, फाईदा, उपयोगिता, सान्दर्भिकताका बारेमा सहभागीहरुसंग सहजिकरण गरिएको थियो । भविष्यका लागि बचत हुने र जोखिम समेत बहन गर्ने भएको कारण प्रत्येक नागरिकले बिमा गर्नै पर्ने आबश्यता उनले औल्याए ।

हाल हिमाली जिल्ला हुम्लामा २१ प्रतिशत नागरिकहरुले आफ्नो जीवन बिमा गर्नु भएको छ । प्रत्येक मानिसले बिमा गर्नै पर्ने बाताबरण सृजना हुने काम गर्नु अहिलेको आवश्यकता रहेको छ । बिमा आफ्ना आर्थिक कमाईसंग पनि जोडेर मात्र गर्नु पर्ने बताउदै बिमा गर्दा फाईदा हुने तर बेफाईदा भने केही नभएको उनको भनाई थियो ।

सहभागीहरुले अहिले पनि बिमाको महत्व खासै बुझेको नपाईएकोले यस्ता कार्यक्रम गाउँपालिका स्तरमा सञ्चालन गर्न आवश्यक रहेको बताए । यो बिमा सचेतना कार्यक्रम बिहीबार सिमकोट गाउँपालिकामा आयोजना गरिएको छ भने शुक्रबार खार्पुनाथ गाउँपालिकामा सञ्चालन गरिने छ । प्रदेश कार्यालयले आफ्ना बार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम सञ्चालन गरेको हो ।