न्यालु लेकबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने

फोटो क्याप्सन नयाँ पत्ता लागेको स्थान न्यालु लेकबाट कैलाश देखिने स्थान । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ५ र ६ को सिमाना रहेको न्यालु लेकबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थान पत्ता लागेको छ । यसअघि पत्ता नलागेको सो स्थान नाम्खा गाउँपालिका–१ निवासी नाम्ग्याल तामाङले सो स्थान अग्लो भएको कारण देख्न सकिने संभावना मान्दा पत्ता लागेको हो ।

होटेल ब्यवसायी समेत रहेका तामाङले तीन जना भारतीय पर्यटकहरु लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने गरि आएको र आफुलाई पनि संगै जान आग्रह गर्दा मानसरोवर कैलाश दुरदर्शन गर्न सकिने नयाँ स्थान पत्ता लागेको बताए । यसअघि सो स्थानबाट मानसरोवर कैलाश दुरदर्शन गर्न सकिने कुरा पत्ता लागेको थिएन ।

खासमा न्यालु लेकमा हिमपातको कारण लाप्चा जान नपाएपछि आफुले कतै न्यालु कै अग्लो स्थानबाट पनि देख्न सकिन्छ भन्ने लागे अनुसार साँढे दुई घण्टासम्म सो स्थान खोज्दै जाँदा पत्ता लागेको र भारतीय पर्यटकहरुलाई पनि सो स्थानमा पैदल हिडाएर दुरदर्शन गर्ने कार्य गरिएको होे ।

कैलाश दुरदर्शन गर्न सकिने स्थान हालको पाँच हजार मिटर उचाईमा निर्माण गरिएको सडक भन्दा एक घण्टा पैदल हिडेर पुगिन्छ । भारतीयसंग जाँदा पाँच हजार एक मिटर उचाईको न्यालु लेकबाट मानसरोवर कैलाश दुरदर्शन गर्न सकिने स्थान पत्ता लागेपछि सिमकोट आई पुगे लगत्तै बिराटनगरबाट सिमकोट आई पुगेको दुई जनालाई पनि उनले सो स्थानमा पुर्याउनु भएको थियो ।

उहाँले अब लाप्चा नगएरै पनि न्यालु लेकबाट मानसरोवर कैलाश दुरदर्शन गर्न सकिने बताए । उनीहरुलाई यतिबेला पाटनमा बिना बाटो हिडेर जानु परेको थियो । अब मानसरोवर कैलाश दुरदर्शन गर्न सकिने स्थानसम्म घोडेटो बाटा निर्माणे, संभव भए भ्यू टावर, खानेपानी, सुचनाको पहुँच जस्ता

आवश्यक भौतिक पुर्वाधारको बिकास गर्न आवश्यक रहेको छ । लाप्चाबाट छ महिनामा मात्र दुरदर्शन गर्न सकनिे भएपनि हाल नयाँ पत्ता लागेको न्यालु लेकबाट भने कम्तीमा आठ महिना दर्शन गर्न सकिने छ । बिहान सबेरै सिमकोटबाट सो स्थान जान सके एक दिनमा दर्शन गरेर फिर्ता हुन सकिने अवस्था रहेको छ । लाप्चाबाट दुरदर्शन गर्न कम्तीमा पनि तीन दिन समय लाग्ने गर्छ । यसले कम समय र कम खर्च अब मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने अवस्था आएको छ । यसको प्रचारप्रसार गर्नु पनि आवश्यक देखिन्छ ।