सहुलियत मुल्यको तेल आई पुग्यो

फोटो क्याप्सन शाखाको गोदाममा आई पुगेको तेल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले थप गरेको सहुलियत मुल्यको तेल लिमीटेडको सिमकोट शाखामा आई पुगेको छ । सुर्खेतबाट पैदल मार्ग हुँदै सदरमुकाम सिमकोटमा रहेको शाखाको गोदाममा आई पुगेको हो ।
तिहार लक्षित यसअघि निर्धारित कोटाको तेल बाँकी बिक्री भई रहेको समयमा लिमीटेडले थप गरेको कोटाको तेल पनि आई पुगेको छ ।

यसमा सात हजार पाँच सय लिटर सुर्यमुखी र दुई हजार लिटर तोरीको तेल आई पुगेको हो । तेल आए लगत्तै बिक्री पनि सुरु गरिएको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्ण पून मगरले बताए । तोरी तेलको मुल्य प्रतिलिटर ३११ रुपियाँ पर्छ भने सुर्यमेखी तेल प्रतिलिटर २४१ रुपियाँ पर्ने गर्छ ।

थपिएको तेल दुई हजार लिटर तेल हो । यसअघि पाँच हजार लिटर तेल कोटा थियो भने थप कोटा भन्दा बढी आई पुगेको छ । एक सय क्वीन्टल चिनी र दुई हजार लिटर तेल थपेको थियो । तेल त अझै पनि थपिन सक्ने शाखाले जनाएबको छ ।

चिनी र चामल यसअघि कै बाँकी रहेको र थप कोटाको आउन बाँकी नै रहेको छ । लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो ।