सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा लोक सेवा तयारी कक्षा निशुल्क रुपमा सञ्चालन हुने भएको छ । हुम्लाका बेरोजगार शिक्षित युवाहरुलाई लोक सेवा आयोगको परिक्षामा सम्मिलित गराउने उद्धेश्यका उक्त कक्षा सञ्चालन गर्न लागिएको हो ।
बुधबार सरोकारवाला पक्षबिच बसेको बैठकले आगामी पुस १ गतेबाट सदरमुकाम सिमकोटमा उक्त तयारी कक्षा सञ्चालन गर्ने निर्णय भएको सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताए । लोक सेवामा हुम्लाका शिक्षित युवायुवतीको सहभागिता कमै भई रहेको समयमा तयारी कक्षा सञ्चालन हुन लागेको हो ।
यसरी लोकसेवा आयोगको तयारी कक्षा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । यसका लागि नाम्खा , सिमकोट, खार्पुनाथ, सामाजिक बिकास कार्यालय र आधार बिकास नेपालको समन्वय र सहकार्यमा कक्षा सञ्चालन हुनेछ । कक्षा सञ्चालनका लागि सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहको सदस्यतामा सात सदस्यीय कक्षा सञ्चालन समिति पनि गठन गरिएको छ ।
समितिका सदस्यहरुकमा खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत लोकेन्द्र बहादुर शाही, सिमकोट गाउँपालिकाका लेखा अधिकृत बिशाल बोहरा, सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्मुख कृष्ण प्रसाद आचार्य, खार्पुनाथ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धन्नजय जेठारा, नाम्खा गाउँपालिका शिक्ष्मा शाखा प्रमुख डम्बर खनाल र आधार बिकास नेपा हुम्लाका शिक्षा अधिकृत कन्जोक लामा रहेका छन । यो समिति परिक्षा सञ्चालन कार्यबिधि तयार पार्नेछ । परिक्षा आगामी पुस १ गतेबाट सञ्चालन हुनेछ । परिक्षा लगातार रुपिमा सञ्चालन हुनेछ । यसका लागि बाह्र जना सहजकर्ता कक्ष्माा सञ्चालन गर्नेछन ।















