सि.टा. समाचारदाता
सिमकोट । गाउँपालिका–५ का अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा र अण्डा सहयोग गरिएको छ । र्याली गरेर मानिस जम्मा पारेर अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन भन्दा यस क्षेत्रको ब्यक्तिलाई राहत पुग्ने गरि ती सामान सहयोग गरिएको हो ।
यस वर्षको ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसलाई केही फरक किसिमले मनाउने क्रममा सधा झै र्याली र जुलुस निकाल्नु भन्दा त्यहाँ हुने खर्चलाई सिधै अपाङ्गता ब्यक्तिलाई राहत पुग्ने गरि पौष्टिक खानेकुरा र न्यानो कपडा सहयोग गरिएको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भामले बताईन । यो सहयोग सिमकोट गाउँपालिका र सिमकोट राईजिङ क्लवको आयोजनामा प्रदान गरिएको हो दिवसको प्रत्यक्ष रुपमा अनुभूति हुने गरि सेवाग्राहीलाई यो काम गाउँपालिकाका सबै वडामा रहनु भएका अपाङ्गता भएका ब्यक्ति गरिएको हो । सहयोग कार्यक्रम बिहीबार वडामा गरिएको हो ।
उक्त वडाका नौ जना क नम्बरको अपाङ्गता परिचयपत्र प्राप्त ब्यक्तिलाई एक एक क्यारेट अण्डा गाउँपालिकाको सहयोगमा र तीन जनालाई न्यानो सिरक, तीन जनालाई स्वीटर र एक जनालाई पन्द्र केजी चामल सहयोग गरिएको वडा सचिव सन्दिप रोकायाले बताए । सहयोग उपाध्यक्ष भाम, वडा अध्यक्ष चिन रावत र पत्रकार महासंघका अध्यक्ष राजन रावतले बितरण गरेका थिए । कार्यक्रम सिमकोट गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख नरबहादुर जेठारा, क्लवका सदस्यहरु र सेवाग्राहीको उपस्थिती रहेको थियो ।












