गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती कार्य सुरु

सि.टा. समाचारदाता
सिमकोट ।डढ अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दश वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालो पत्रे गर्ने कार्य सुरु गरिएको हो ।

गाउँपालिकाको गौरभको योजनाको रुपमा रहेको गल्फागार्डदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालो पत्रे गर्ने कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताए । सडकको सुरु कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान गल्फागार्डबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनीक भवन निर्माण हुने स्थानसम्म निर्माण गरिने छ । हाल गल्फागार्डबाट सडक चौडा बनाउने, ग्याबिन लगाउने, नाला खन्ने कार्य स्काभेटर र कामदारबाट धमाधम भई रहेको छ ।

बिश्व बैंङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाई नौ दशमलव नौ किलो मिटर रहेको छ । सडकको चौडाई आठ मिटर रहेको छ । छ महिना अगाडी गाउँपालिकाले टेण्डर आह्वान गरेर निर्माण कम्पनीमा ओएशिस ईन्जिनीयरिङ एण्ड बिल्डर प्रालि छनौट गरिएको थियो । बिदेशी लगानी भएको कारण प्रकृया मिलाउन केही समय लागेकोले सम्झौता भएको करिब छ महिनापछि सडक निर्माण कार्य सुरु भएको र अब त्यसले गति लिने उहाँले बताउनुभयो ।

त्यस्र्तै परे दुई सिफ्टमा सडकको स्तरोन्नती गर्ने कार्य अगाडी बढाउने बिषयमा निर्माण कम्पनीसंग कुराकानी भई रहेको उहाँले बताउनुभयो । उक्त सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएपछि कालो पत्रको काम सुरु गरिनेछ । ५४ करोड लागत लाग्ने गरि सडकको ईष्टिमेट तयार गरिएको भएपनि टेण्डर हुँदा घटिघटाउमा ४६ प्रतिशतशमा बिट भएर ३० करोडमा उक्त निर्माण कम्पनी छनौट गरिएको हो । सम्झौता भएको दुई वर्षमा सडकको कालो पत्रे कार्य समेत पुरा गरिने छ ।

यसअघि ग्रामीण पहुँच कार्यक्रम ( र्याप थ्री) ले सडकको ट्रया खुलाउने कार्य गरेको थियो । सो कार्यक्रमले गुणस्तरीय रुपमा सडकको ट्राक खुलाउने कार्य गरेको भन्दै सर्वत्र चर्चा भएको थियो । उक्त सडक बिना मेशिन र बिष्फोट नगरी निर्माण गरिएको हो । यो सडकको निर्माण कार्य पुरा भएपछि पहिलो कालो पत्रे सडक अदानचुली गाउँपालिकामा हुनेछ । यो सडक निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालय पिएलआरुआईपी परियोजना अन्र्तगत काम सुरु गरेको भएपनि हाल पुर्वाधार बिकास कार्यालयको जिम्मा लगाईएको छ ।