नाम्खा र चंखेलीमा थपिए मतदान स्थल

सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि नाम्खा र चंखेली गाउँपालिका नयाँ मतदान स्थल थपिएका छन । जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यबिधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदान स्थल आयोगले थप्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाबका अनुसार दुई वटा मतदान स्थल आयोगले थप्ने निर्णय गरेको छ । नयाँ मतदान स्थल थपिएको परिपत्र आयोगबाट कार्यालयमा आई सकेको होे । हाल कायम रहेका मतदान स्थल बाहेक थप गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका– २ को महादेव मावि दार्म मतदान केन्द्रबाट छुट्याएर देबकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदान स्थल कायम भएको छ भने नाम्खा गाउँपालिका– १ को ताङ्गिन गाउँका मतदाताहरुका लागि नमोडाछेमु आविलाई नयाँ मतदान स्थलका रुपमा कामय भएको छ ।

महाकवि लक्ष्मी आवि मतदान केन्द्रमा ४५२ जना मतदाता र नमोडाछेमु आविलाई नयाँ मतदान स्थलको मतदान केन्द्रमा १८५ मतदाता रहनु भएको छ । मतदाता सङ्ख्या बढी र मतदान स्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिड्नु पर्ने भएपछि जिल्लाबाट ती मतदान स्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरिएको हो । त्यसैगरि जिल्ला भरका मतदान केन्द्रहरुमा एक हजार भन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र क र ख निर्धारण गर्न पनि समितिको बैठकले सिफारिसको भएपनि त्यसको बिस्तथृत बिबरण भने आई सकेको छैन ।

अब आगामी निर्वाचनका लागि हुम्लामा साठी वटा मतदान स्थल र ६१ वटा मतदान केन्द्र कायम भएका छन । मङ्सिर ५ गते तोकिएको अबधिमा हुम्ला जिल्लाको मतदात सङ्ख्या ३४ हजार ५०२ मतदाता संख्या रहेको छ । यसअघि २०७९ सालको निर्बाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदान स्थलहरु कामय गरिएका थिए । हुम्ला जिल्लाको मतदाता संख्या ३३ हजार ३०८ रहेको छ ।