हुम्ला अस्पतालमा बायोमेडिकल ल्याव स्थापना

फोटो क्याप्सन अस्पतामा स्थापना गरिएको बायोमेडिकल ल्यावका सामानहरु । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणको मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो ।

अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए । कार्यालयको एउटा कोठामा सो ल्याव स्थापना गरेर सञ्चालनमा ल्याईएको होे ।

बिरामीको उपचार अस्पतालमा भए जस्तै अब यसको स्थापनाले अस्पतालमा प्रयोग हुने जति पनि उपकरणहरुको मर्मत संभार पनि जिल्ला मै हुने कार्यको ग्यारेन्टी भएको छ । दुई वर्ष अगाडीदेखिको प्रयासले हाल आएर सार्थकता पाएको उहाँले बताउनुभयो । ल्यावमा १२० वटा मर्मत गर्ने उपकरणहरु राखिएका छन् ।

अर्को कुरा हाल चालु अवस्थामा रहेको अस्पतालका चेकजाँच गर्ने अवकरणको अवस्था पनि सहजै समय मै पत्ता लगाउन सकिने छ । यसअघि अस्पतालमा प्रयोग हुने उपकरण जति पनि मर्मत गर्नु पर्ने अवस्था आए जिल्ला बाहिर पठाउनु पर्ने अबस्था रहेको थियो । त्यसका लागि आर्थिक ब्ययभार समेत कार्यालयले बेहोर्नु पर्ने अवस्था थियो ।

ल्याव स्थापना भएसंगै उपकरणहरुको मर्मत कार्य समेत सुरु भएको छ । त्यसका लागि आवश्यक पर्ने पावरको समेत ब्यवस्था गरिएको छ । बायोमेडिकल ल्याव स्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्ने नेक साईमन ईष्च्यिुट कर्णाली प्रदेशका प्रमुख सुरज श्रेष्ठले नेपालका ६५ जिल्ल्लामा यो ल्याव स्थापना भएका र अब हुम्ला जिल्ला पनि त्यसमा परेको बताए

अस्पतालका लागि अति आवश्यक पर्ने यो ल्याव स्थापना गर्नु अति नै आवश्यक रहेको बेला हुम्ला जिल्लाले पाएको हो । ईष्टिच्युटले ल्याब स्थापनामा सहयोग गरेको र यसलाई अब दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्न हुम्ला जिल्लाका गाउँपालिकाले पनि सहयोग गर्नु पर्ने उनले बताए । ल्याव अस्पतालमा स्थापना गरिएको भएपनि जिल्लाभरका स्वास्थ्य संस्थाहरुका प्रयोग भई रहेका उपकरणहरुको पनि मर्मत गर्ने र अवस्था बुझ्ने कार्य गर्न सकिने छ ।

पन्द्र लाख लगानीको यो ल्याव स्थापना भएको बताउदै उनले चालु आर्थिक वर्षका लागि बायोमेडिकल ल्याव टेक्नीसीयन पनि ईष्टिच्यूटले नै ब्यवस्था गरेको जानकारी दिए । आगामी आर्थिक वर्षबाट भने अस्पतालले जनशक्तिको ब्यवस्था आफै गर्नु पर्नेछ । ल्यावको उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, असपताल बिकास समितिका अध्यक्ष दिपक भण्डारी, ईष्टिच्युटका जनशक्ति लगाएको उपस्थिती रहेको थियो । कर्णाली प्रदेशका पाँच वटा जिल्लामा यो ल्याव स्थापना भएको छ ।