सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि हिमाली जिल्ला हुम्लाका सत्ताईस वटा मतदान स्थलहरु अति सम्वेदनशील ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक बिकटता र राजनीति बिबाद हुने ठहर गर्दै ती मतदान स्थलहरुलाई अति सम्बेदनशील ठहर गरेको हो ।
जिल्लामा यस पटक थपिएका गरि जम्मा साठी वटा मतदास्थल मध्य सत्ताईस वटा मतदान स्थल भौगोलिक बिकटता र राजनीति बिबाद हुने ठहर गर्दै अति सम्वेदनशील मतदान स्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए । समितिको निर्णय अनुसार २१ वटा सम्वेदनशील र दश वटा सामान्य रहेका छन ।
जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरे अनुसार अदानचुली गाउँपालिकामा छ वटा मतदान स्थल रहेकोमा एउटा मतदान केन्द्र अतिसम्बेदशील रहेको छ भने पाँच वटा मतदानस्थल सम्वेदनशील रहेका छन । आठ वटा मतदानस्थल रहेको चङ्खेली गाउँपालिकामा पाँच वटा अति सम्बेदनशीस र तीन वटा सम्वेदनशील रहेका छन ।
सात वटा मतदान स्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अति सम्वेदनशीलर दुई वटा मतदानस्थल सम्वेदनशील रहेका छन । त्यसैगरि बाह्र वटा मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच वटा अति सम्वेदनशील, चार वटा सम्वेदनशील र तीन वटा सामान्य रहेका छन ।
पाँच वटा मतदान स्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई वटा अति सम्वेदनशील, दुई वटा सम्वेदनशील र एउटा सामान्य रहेका छन । एघार वटा मतदान स्थल रहेको नाम्खा गाउँपालिकामा पाँच वटठा अति सम्वेदनशील, चार वटा सम्वेदनशील र दुई वटा सुामान्य अवस्थाका मतदान स्थल निर्धारण गरिएको छ ।
त्यसैगरि सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा नौ वटा मतदान स्थल रहेकोमा चार वटा मतदान स्थ अति सम्वेदनशील, दुई वटा सम्वेदनशील र तीन वटा मतदान स्थल सामान्य रहेका छ । मुख्यगरि भौगोलिक बिकटता र राजनीति बिबादलाई आधार मानेर मतदानस्थलाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्य मतदान स्थलका रुपमा वर्गिकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो ।
यसरी निर्धारण गरिएमा मतदान स्थल अनुसार सुरक्षा ब्यवस्था समेत निर्वाचनको बेला गरिने छ । नाम्खा र चंखेली गाउँपालिका नयाँ मतदान स्थल थपिएका हुन । आगामी संसदीय निर्वाचनका लागि हुम्लामा साठी वटा मतदान स्थल र ६१ वटा मतदान केन्द्र कायम भएका छन । मङ्सिर ५ गते तोकिएको अबधिमा हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ रहेको छ । यसअघि २०७९ सालको निर्बाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदान स्थलहरु कामय गरिएका थिए । हुम्ला जिल्लाको मतदाता संख्या ३३ हजार ३०८ रहेको छ ।
























