सि.टा. समाचारदाता
सिमकोट । निशुल्क स्वास्थ्य शिबिर आजबाट सुरु हुने भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त हुन लागेको हो । सदरमुकाम सिमकोटमा स्थापना भएको हेल्थ अस मेडिकल सेन्टरले मंसीर २६ र २७ गते आयोजना गर्न लागेको निशुल्क स्वास्थ्य शिबिरलाई आजबाट सुरु हुने सेन्टर प्रमुख नारायण फडेराले बताए ।
शिबिरमा बढी भन्दा बढी सेवाग्राहीको उपस्थितीका लागि उनले आग्रह गरेका छन । शुक्रबार बिहान १० वजेबाट शिबिर सुरु हुनेछ । यसअघि सेन्टरको सञ्चालक समितिको बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला अस्पतालबाट चिकीत्सक तिवारीको नेतृत्वमा तीन जना चिकीत्कस उपचारका गाउँपालिका केन्द्रमा पुगि सकेका छन् ।
यो शिबिरमा चेकजाज हुनेछ । यसमा स्त्री रोग, बाल रोग, भिडियादो एक्स रे लगाएतका रोगको उपचार हुनेछ । शिबिरमा आवश्यक औषधी निशुल्क बितरणा गरिने छ । शिबिर सञ्चालनपछि बचेको औषधी समेत गाउँपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने छ ।
सेन्टरले यस वर्ष तेस्रो निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्न लागेको हो । यसअघि सिमकोट गाउपालिका–१ र २ तथा खार्पुनाथ गाउँँपालिका ५ को ताक्लाबाम्टालाई लक्षित गरि दुई दिने शिबिर गत जेठमा सञ्चाल भएको थियो भने सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा दुई दिने शिबिर सञ्चाल गरिएके थियो ।
सेन्टरले यस वर्ष तेस्रो निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्न लागेको हो । यी शिबिरका लागि सेन्टरका फााउण्डर खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँँ निवासी ग्वामसिंह भण्डारीका छोरा चिकीत्सक हर्कसिंह भण्डारीले आर्थिक सहयोग गर्दै आाएका छन् ।
























