सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा सञ्चालन भएको पहिलो दिनको निशुल्क एकिकृत स्वास्थ्य शिबिरमा १२५ जनाको उपचार भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त शिबिर सञ्चालन भई रहेको हो ।
सदरमुकाम सिमकोटमा स्थापना भएको हेल्थ अस मेडिकल सेन्टरले दुई दिनका लागि सञ्चालन गरिएको शिबिरको पहिलो दिनमा १२५ जना बिरामीको उपचार भएको छ । शिबिरमा साठी वर्ष माथिका २६ जना बिरामीको उपचार भएको छ ।
जसमा खार्पुनाथ गाउँपालिका–४ की ९० वर्षकी रिउली रावलको उपचार भएको छ भने दुई वर्षका बालक रेसिका भट्टराई रहेकी छन । शिबिरमा स्त्री रोग, बाल रोग, भिडियो एक्स –रे लगाएतका रोगको उपचार भएको थियो । शिबिर सेन्टरको आर्थिक सहयोगमा सञ्चालन भई रहेको छ । खार्पुनाथ गाउँपालिकाको समन्वयमा शिबिर सुचारु भई रहेको छ । शिबिर जिल्ला अस्पताल, खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र हेल्स असका स्वास्थ्यकर्मीहरुको सहभागितामा उपचार भई रहेको छ ।
यसअघि सेन्टरको सञ्चालक समितिको बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला अस्पतालबाट चिकीत्सक तिवारीको नेतृत्वमा तीन जना चिकीत्कस र सेन्टरको टिम उपचारका गाउँपालिका केन्द्रमा पुगेको थियो । यस वर्ष तेस्रो निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो ।
यसअघि सिमकोट गाउपालिका–१ र २ तथा खार्पुनाथ गाउँँपालिका ५ को ताक्लाबाम्टालाई लक्षित गरि दुई दिने शिबिर गत जेठमा सञ्चाल भएको थियो भने सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा दुई दिने शिबिर सञ्चाल गरिएको थियो ।
























