सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरी भर्ना कार्य सुरु भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति हुम्लाले एक सुचना जारी गरेको निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
५९५ जन निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वााचन सम्बन्धी एकीकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्हरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक शंकर खड्काद्धारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।
एक मात्र निर्वााचन क्षेत्र भएको हिमाली जिल्ला हुम्लामा ५४९ जना नेपाल प्रहरीतर्फ र सशस्त्र प्रहरीतर्फ ४६ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । पुस २५ गतेबाट माग १ गतेसम्म भर्नाका लागि आवेदन लगिनेछ । छनौट माघ ५ गतेदेखि ९ गतेसम्म हुने र अन्तिम नतिजा माघ १२ गते हुने छ भने माघ १५ गतेबाट २५ गतेसम्म प्रशिक्षण हुनेछ ।
निर्वाचन प्रहरी चालीस दिनका लागि भर्ना गरिनेछ । हुम्लामा आसन्न निर्वाचनका लागि ६० वटा मतदान स्थल, ६४ मतदान केन्द्र र ३४ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा अठार हजार २१ पुरुष र १६ हजार ५३१ महिला मतदाता रहेका छन ।

















