सि.टा.समाचारदाता
सिमकोट । यस पटकको माध्यामिक शिक्षा परिक्षाका ( एसईई लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को साठी प्रतिशत लगानीमा उक्त तयारी कक्षा सञ्चालन गरिएको हो ।
एसईई तयारी गरि रहेका बिधार्थीहरुका लागि आर्थिक रुपमा सहयोग पुर्याउन र पढाई प्रति प्रोत्साहीत गर्न लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए । उक्त वडाका मान्धारा माविमा अध्ययनरत बिधाार्थीहरुका लागि एसईई तयारी कक्षा सञ्चालन गरिएको हो ।
एसईईको नतिजा गुणस्तरीय र तयारी कक्षामा सहभागी बिधार्थीहरुलाई सतप्रतिशत नतिजा राम्रो ल्याउनका लागि यो कक्षा सञ्चालनमा वडाले पनि आर्थिक सहयोग गरेको उनले बताए । अनिवार्य अंग्रेजी, गणित र बिज्ञान बिषयको तयारी कक्षा सञ्चालन गरिएको छ । ती कक्षाका लागि प्रतिकक्षा एक हजार पाँच सय रुपियाँ लिने गरिन्छ ।
दुई महिनाका लागि एसईई तयारी कक्षा सञ्चालन हुनेछन । एक जना बिधार्थीका लागि चार हजार पाँँच सय रुपियाँ तयारी कक्षा शुल्क लाग्ने छ । त्यसको साठी प्रतिशत वडा कार्यालय र चालीस प्रतिशत सम्वन्धि बिधार्थी लागत ब्यहोर्नु पर्ने छ ।
गाउँपालिका कक्षामा डिजिटल बोर्डबाट कक्षाहरु सञ्चालन गरिएका छन । कक्षामा सत्र जना बिधार्थीहरुको सहभागिता रहेको छ । दुई जना शिक्षकले कक्षा सञ्चालन गरि रहनु भएको छ ।


















