सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपा हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको जिल्ल कार्य समितिको वैठकले उक् पका आकांक्षीहरुको नाम जिल्लावाट सिफारिस गरेको हो ।
राप्रपा हुम्लाले सिफासिर गरेका तीन जननामा सर्केगाार्ड गाउँपालिका वडा नम्बर १ का छक्क बुढा, ४ का नविन शाही र खार्पुनाथ गाउपालिका वडा नम्बर १ का कुशल बुढा रहेको सो पार्टीका जिल्ला अध्यक्ष बिकास महतले बताए । जिल्लाबाट निर्णय गरेर नाम सिफारिस गर्ने कार्य भएको र अव केन्द्रले जस्को नाममा टिकट दिन्छ , चुनावी प्रचारमा लाग्ने उनले बताए । यस पटकको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ भने कुनै पनि नाम सिफारिस गरेको छैन ।


















