सि.टा. समाचारदात
सिमकोट । आज शुक्रबार राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । यसै अवसरमा जिल्ला विपद ब्यवस्थापन समितिको आयोजनामा सिमकोटस्थित सिमसार क्षोत्रमा शुक्रबार विपददबाट बच्ननका लागि प्रदर्दशनी गरिने भएको छ ।

















