शुक्रबारबाट औपचाारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

फोटो क्याप्सन जिल्ला अदलतमा औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधि सभा निर्वाचनकाा लागि आवश्यक कामहरु गर्नका लागि शुक्रबार औपचारिक रुपमा उक्त कार्यालय स्थापना गरिएको हो ।

एक कार्यक्रमका बिच जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत निलकण्ठ पराजुलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन । उनले ले ब्यानर बाचन गरेर कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय जिल्ला अदालत भित्रै स्थापना गरिएको छ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पराजुलीले आफ्नो समापन मन्तव्यमा यो कार्यमा सवै पक्षको सहयोगका लागि आग्रह गरे ।

निर्वाचन सामुहिक रुपमा गरिने कार्य भएको र यसलाई सफलता पुर्वक सम्पन्न गर्ने प्रतिबद्धता उनले कार्यक्रममाा ब्यक्त गरे । अव आजबाट औपचारिक रुपमा निर्वाचनका कार्यक्रमहरु उक्त कार्यालयबाट सञ्चालन हुनेछन् । कार्यक्रममा प्रमुख जिल्ल अधिकारी टेककुमार रेग्मी लगाएतको उपस्थिती रहेको थियो ।