तयार भएर आएका १९ सय बढी राष्ट्रिय परिचयपत्र दराजमा थन्किए

सि.टा समाचारदाता
सिमकोट । तयार भएर जिल्ला प्रशासन कार्यालयमा आएका ७१ प्रतिततशत भन्दा राष्ट्रिय परिचयपत्र कार्यालयको दराजमाा थन्किएका छन् । दुई तीन वर्ष अगाडीदेखि कार्यालयमा आएका तर सम्वन्धित ब्यक्तिहरु लिन नआएको कारण ती परिचयपत्र दराजमाा रहन थालेपछि प्रशासन कार्यालयले लिनका लागि आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट २०७७ साल असोज २७ गतेदेखि २०७९ साल कातिक ३० गतेसम्म राष्ट्रिय परिचयपत्र लिनका लागि बिबरण दर्ता गराउनु भएको ब्यक्तिहरुको परिचयपत्र कार्यालयमा आएको र हाल दराजमा थन्किन थालेपछि ती परिचयपत्र लिन आउनका लागि प्रमुख जिल्ला अधिकरी नारायण पाण्डेयले आग्रह गर्नुभयो ।

यो अवधिमा बिबरण दर्ता गराएका ब्यक्तिहरु दुई हजार ६७४ जना कै राष्ट्रिय परिचयपत्र कार्यालयमा आएकोले सबैलाई उक्त परिचयपत्र लिन आउनका लगि उहाँले अनुरोध गर्नुभयो । उक्त अवधिमा बिबरण दर्ता भई परिचयपत्र तयार भएर जिल्लामा आएका मध्य हालसम्म ७५८ जनाले मात्र हालसम्म लिएका छन । अझै कार्यालयम एक हजार ९१६ परिचयपत्र थकिएका छन् ।

हाल कार्यालयमा ७१ दशमलव १७ प्रतिशत परिचयपत्रहरु कार्यालयको दराजमा थन्किएको अवस्थामा रहेका छन् । राष्ट्रिय परिचयपत्र तयार भएर आएका ब्यक्तिहरुलई अफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रको भरपाई रुजु फारम सहित परिचयपत्र बिवरण दर्ता शाखामा सम्पर्क राख्न समेत प्रशासनले आग्रह गरेको छ ।

कार्यालयबाट परिचयपत्रका लागि हालसम्म पाँच हजार ३७७ जनाले बिबरण दर्ता गराएका थिए । परिचयपत्र तयार भएर आउन एकदेखि दुई वर्ष अवधि लाग्ने गर्छ । राष्ट्रिय परिचयपत्र नम्बर मात्र भएपनि पुग्ने भएको कारण परिचयपत्र तयार भएका ब्यक्तिहरु लि आउन खासै चासो राखेको देखिदैन ।