सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको गुनासो गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको नेतृत्वमा हिल्सा पुगेको टोलीले हिल्सावासीसंग राखेको छलफल कार्यक्रम आफुले भोगी रहेका समस्याहरु ससुनाएका हुन ।
हिल्सामा होटेल ब्यवसाय गर्दै आउनु भएका डुक्सुन्डुप लामाले खानेपानी र स्वास्थ्यको समस्या चरम रुपमा भोगी रहेको बताए ।
उनले हिल्साबाट चीनको ताक्लाकोट नजिक पर्ने भएपनि चिनीयाँहरु हिल्सामा बिरामी भए उपचार गर्न ताक्लाकोट जान नदिने र सिमकोट आउन समय लाग्ने भएको कारण उपचार गर्न समस्या भोगी रहेको बताए ।
छ महिना अगाडी एक जना हिल्सामा बिरामी हुँदा गाडी रिजर्भ गरेर सिमकोट पठाउने क्रममा बाटो मै ती बिरामीको मृत्यु भएको थियो । त्यसैगरि खानेपानीको ब्यवस्था नभएको कारण हाल हिल्सावासीले नौमुलेमा पानी भर्ने भाँडा बोकेर लाईनमा जानु परि रहेको छ ।
त्यसैगरि हिउदमा पटकपटकको हिमपातले नारा खण्डको सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द हुने भएको कारण आवतजावतमा समस्या भोग्नु परि रहेको हिल्साका अर्का स्थानीय मकुम लामाले बताए ।
चीनको ताक्लाकोटबाट सामानहरु ल्याउन समस्या भएको भन्दै चीनको ताक्लाकोटबाट एक जनाले एउटा मात्र झोलामा त्यो पनि थोरै सामान ल्याउन पाईने नियमले हिल्सा बसाई कठिन भएको गुनासो उनले गरे ।
मानिस ताक्लाकोट जाँदा आफुसंग आवश्यक पर्ने सामानहरु सहज रुपमा ल्याउन पाईने ब्यवस्थाका लागि पहल गरि दिन उहाँले प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई माग गरे।
हिल्सामा आमासंगै रहेका बालबालिकाहरु पठनपाठनबाट पनि बञ्चिात हुने परेको गुनासो उस्तै रहेको छ । त्यस्तै हिल्साका अर्का स्थानीय डोल्मा लामाले मोवाईल सेवा भएपनि फोर जी सेवा नभएको गुनासो गरे ।
हिल्सामा फोर जी सेवा नभएको कारण महङ्गो शुल्क तिरेर चिनीयाँ सिमको प्रयोग गरेर इन्टरनेट चलाउनु पर्ने बाध्यता रहेको छ । नारा लेकमा अव फोर जी सेवाको ब्यवस्थाका लागि पहल गर्न समेत उनले आग्रह गरे । त्योसंगै उनले हिल्सामा नुनको समेत समस्या भोग्नु परि रहेको गुनासो गरे ।
हिल्सावासीका समस्याहरु र गुनासो सुन्नका लागि प्रमुख जिल्ला अधिकारी रेग्मीले उक्त भेटघाट कार्यक्रम राखेका थिए । सो क्रममा प्रजिअ रेग्मीले धेरै समस्याहरुको समाधानका लागि आफु सदरमुकाम सिमकोट पुगेपछि पहल गर्ने र केही कुरा तत्काल पुरा गराउन लागि पर्ने बताए । होटेल ब्यवसायी, किराना पसल र अन्य कामको शिलशिलामा ३५ परिवार हिल्सामा वसोवास गर्दै आएका छन्
फोटो क्याप्सन
























