लोती कर्णालीमा बेलिब्रीज निर्माण भयो अव सञ्चालनको प्रखाईमा

फोटो क्याप्सन लोती कर्णालीमा निर्माण कार्य सम्पन्न भएको बेलिब्रीज । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सि.टा. । छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रुपमा जोड्न बेलिब्रीज निर्माण भएर सञ्चालनको पखाईमा रहेको छ । चङ्खेली गाउँपालिका– २ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रीज निर्माण भएको र अव सञ्चालन भएप्छि दुई जिल्ला सडक सञ्जालसंग जोडिने छन ।

लोती कर्णालीमा बेलिब्रीज निर्माणसंगै अब मुगु र हुम्ला जिल्ला औपचारिक रुपमा सडक सञ्जालसंग जोडिएका छन । बेलिब्रीज निर्माण कार्यले अब सिधै मुगु जिल्ला भएर देश सबै भागतर्फ जान सकिने बाटो खुलेको छ । यसअघि मुगुको गमगडीदेखि हुम्लाको सलीसलल्लासम्म ग्रामिण पहुँच

कार्यक्रमले ( र्याप थ्रीं ) सडक निर्माण गरेको भएपनि चङ्खेली गाउँपालिकाको लोती कर्णालीमा पुल निर्माण नगरिदा नदी वारी र पारीसम्म यातायातका साधन दुवै जिल्लाबाट आउने भएको भएपनि नदी वारपार गर्न सक्ने अबस्था थिएन । नदीको वारी पारी झरेका यात्रुहरु दुवैतिर जान तुईनको साहारा लिनु पर्ने अबस्था थियो ।

अव बेलिब्रीज निर्माण भएर सञ्चालनमा आउदा तुईन समेत बिस्थापित भएको र यात्रुहरुले जोखिम यात्रा गर्नुपर्ने बाध्यता पनि हटेको छ । सात महिनामा लोती कर्णालीमा बेलिब्रीजको निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले जानकारी दिए । यो बेलिब्रीजको निर्माणले हुम्लाबाट पर्यटकीय स्थल रारा जान अब एउटा मात्र गाडी प्रयोग गरे हुने भएको छ ।

यसअघि लोती कर्णाली वारीसम्म एउटा गाडीमा यात्रा गर्नुपर्ने र त्यसपछि तुईन तरेर अर्को गाडीको ब्यवस्था गरेर अगाडी यात्रा गर्नु पर्ने बाध्यता थियो । २०८१ साल मङ्सीर २३ गते कार्यालयले कङ्ग्री निर्माण सेवासंग बेलिब्रीज निर्माणका लागि सम्झौता गरेकोमा निर्धारित मितिमा काम सम्पन्न भएको बताउदै प्रमुख जैसीले बेलिब्रीज ४२ मिटर लम्बाई रहेको जानकारी दिनुभयो ।

दश मिटर अग्लो रहेको बेलिब्रीज तीन दशमलव पन्द्र मिटर चौढाई रहेको छ । बेलिब्रीज निर्माणका लागि चार करोड ९८ लाख लागत लागेको छ । यसबाट रहेक वर्ष चङ्खेली गाउँपालिकालाई हिउदको समयमा लोती कर्णालीमा काठेपुल निर्माण गर्नु पर्ने बाध्यता हटेर आर्थिक रुपमा पनि फाईदा भएको छ भने यात्रुहरुलाई शुल्क तिरेर तुइन तर्नु पर्ने अबस्थाको पनि अन्त्य भएको छ ।

बेलिब्रीजको निर्माणले चङ्खेली गाउँपालिका मात्र नभएर सिङ्गो हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसंग जोडी रहनका लागि बिकल्प समेत दिएको दिएको छ । धेरै अगाडीदेखि लोती कर्णालीमा बेलिब्रीज वा पक्की पुल निर्माणको माग भएपनि हाल आएर यो मागको सम्बोधन समेत भएको छ ।

यो बेलिब्रीज निर्माण भएर सञ्चालनमा आएपछि अब मुगु हुँदै जुम्लाबाट सुर्खेत जाने त छदै छ, त्यसको अलावा मुगु, डोल्पा हुँदै देशभर सडक यातायातबाट यात्रा गर्ने बाटो पनि खुलेको छ