दश लाखसम्म पुँँजी भएका उद्योग गाउँपालिका मै दर्ता सुरु

सि.टा. समाचारदाता
सिमकोट । दश लाखसम्म पुँँजी भएका उद्योगहरु गाउँँपालिका मै दर्ता हुन सुरु भएको छ । कर्णाली प्रदेश सरकारद्धारा प्रदेश राजपत्रमा प्रकाशित गरि यस्ता उद्योगहरु स्थानीय तहमा दर्ता गर्न सकिने कानूनी ब्यवस्था गरेपछि गाउँपालिकाहरुले दश लाखसम्म पुँजी भएका उद्योगहरु दर्ता गर्न सुरु गरिएको हो ।

उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुन जोसीका अनुसार प्रदेश सरकारले कनूनी रुपमै ब्यवस्था गरे अनुसार यस आवबाट दश लाखसम्मको पुँजी भएका उद्योगहरु स्थानीय तहमा दर्ता गर्ने कार्य सुरु भएको छ । यसअघि उक्त पुँँँजी भएका उद्येगहरु आफ्नो कार्यालयमा दर्ता हुने गरेको भएपनि अब भने स्थानीय तह मै दर्ता सुरु भएको होे ।

यी उद्योगहरु स्थानीय तहमा दर्ता सुरु हुन थाले पछि यसअघि उपभोक्ता हित संरक्षण कार्यालयले आफु अन्र्तगत दर्ता भएका उक्त पुँँजीसम्मका उद्योगहरु सम्वन्धित गाउँपालिकामा पठाई सकेको छ । उक्त कार्यालयले सात वटै गाउँपालिका गरि दुई हजार ७३५ उद्योगहरु गाउँपाालिकामा पठाएको जनाएको छ । गाउँपालिका अनुसार दश लाखसम्म पुँजी भएका जसलाई कार्यालयले स्थानीय तहमा बिबरण पठाएका उद्योगहरुमा नाम्खामा १५९, सिमकोटमा एक हजार २५, खार्पुनाथमा २३०, सर्केगार्डमा ४५१, चङ्खेलीम २७४, अदानचुलीमा ३६९ र ताँजाकोटमा २३२ वटा रहेका छन ।

त्यसैगरि बाणिज्यतर्फका ७४ फर्महरु पनि स्थानीय तहमा कार्यालयले पठाएको जनाएको छ । अघिल्लो वर्ष कार्यालयले तीन लाखसम्म पुँँँजी भएका उद्योगहरुको दर्ता तथ नबिकरण गर्ने कार्य स्थानीय तहले गर्ने गरि बिबरण पठाएको थियो । कानूनी ब्यवस्थापछि दश लाखसम्म पुँँजी भएका उद्योग गाउँ पालिकामा दर्ता सुरु भएका छन ।