आफुलाई मतदान गरेर सहयोग गर्न काँग्रेस उम्मेदवार रोकायाको अन्तिम अपिल

सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ आउन तीन दिन बाँकी रहदा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी जयपति रोकाया आफुलाई मतदान गर्न अपिल गरेका छन् । मौन अवधि सोमवार राती बाह्र वजेबाट सुरु हुने भएको कारण यस पटकको निर्वाचनमा आफुलाई मतदान गरेर सहयोग गर्न उनले अपिल गरेका हुन ।

पहिलो पटक निर्वाचनमा होमिएको र आफु सधै जिल्लावासीको कामका लागि लागि पर्ने बताउदै काँग्रेस उम्मेदवार रोकायाले नेपाली काँग्रेसका चुनाव चिन्ह रुखमा मतदान गरेर सहयोग गर्न आग्रह गरेका छन् । सोमबार होली पवको अवसरमा एक शुभकामना सन्देश दिदै पार्टीको पदमा बस्दा पनि आफुले जनता कै पक्षमा काम गरेको र अब जनप्रतिनिधि बनाएर हुम्लावासीले पठाएपछि जनताको काम भन्दा अरु आफुले नसोच्ने बताए ।

जिल्लाको बिकास र निकासका लागि आफुसंग स्पष्ट भिजन भएको र त्यसलाई प्रयोगमा ल्याउनका लागि पनि आफुलाई निर्वाचित गराउन उनले आग्रह गरे । एक पटक र यसै पटक नेपाली काँग्रेसलाई सहयोग गर्न पनि उनले आग्रह गरे । देशलाई लिकमा ल्याउन पनि काँग्रेसको विजय अनिवार्य रहेको भन्दै उनले पिछडिएका क्षेत्रको बिकासका लागि विद्यमान ऐन कानून पनि बाधक रहेको र त्यसलाई परिमार्जत र संशोधन गर्नका लागि आफु लाग्ने उनले बताए ।

जिल्लाका सवै क्षेत्रको भुगोलका विषयमा आफु जानकारी रहेकोले समस्याहरु पनि आफुलाई जानकारी भएको उनले बताए । आफु राजनीतिमा लागेपछि काम बिशेषले बाहेक जिल्ला छोडेर कहिल्यै बाहिर नवसेको र पर्यटकका रुपमा हुम्ला आउने उम्मेदवारमा आफु नपरेको उनको भनाई छ ।