पाँच जना उम्मेदावरले खोले बैंङ्क खाता

सि.टा. समाचारदाता
सिमकोट । उम्मेदवारहरुले मङ्गलबारसम्म बैङ्क खाता खोलेका छन् । यस पटक निर्वाचन आयोगले निर्धारण गरेको अधिकतम खर्चको परिधिमा रही निर्वाचनका लागि गरिने खर्च बैङ्क खाता मार्फत मात्र खर्च गर्नुपर्ने अनिवार्य ब्यवस्था लागु गरेपछि हालसम्म पाँच जना उम्मेदवाहरुले बैंङ्कमा खाता खोलेका हुन ।
निर्वाचन प्रयोजनका लागि खर्च गर्न राष्ट्रिय बाष्ट्रिय बार्णिज्य बैङ्क सिमकोट शाखामा खाता खोल्नेमा नेपाली काँग्रेसका जयपति रोकाया, नेकपा एमालेमा दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीका डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीकी तासी लाजोम, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुम्भ बुढा रहेको निर्वाचन आचार संहिता अन्र्तगत आर्थिक पक्ष हेर्ने गरि अनुगमन गर्ने जिम्मेवारी पाएका कोष नियन्त्रक अंग बहादुर कार्कीले बताए ।

हालसम्म पाँच जना उम्मेदवारहरुले बैंङ्क खाता खोलेको र अब राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा र प्रगतिशिल लोकतान्त्रिक पार्टीका जटिल कार्कीले भने सो खाता खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

हालसम्म बैंङ्क खाता नखोलेका दुई वटा राजनीति दलका उम्मेदवारहरुलाई पनि जति सक्दो खाता खोल्न ताकेता गरिएको छ । हिमाली जिल्ला हुम्लाका लागि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लासिग ३३ लाख रुपियाँसम्म निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने ब्यवस्था निर्वाचन आयोगले गरेको छ ।

बैंङ्कमा जम्मा भएको सो रुपियाँ बिधुतीय प्रर्णाली मार्फत खर्च गर्नु पर्नेछ । सो आधारमा पछि आय र ब्ययको बिवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ । सो बैङ्क खाता खोल्नका लागि जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य लिनु पर्छ ।