हुम्लाका सवै मतदान केन्द्रमा पुगे कर्मचारी

फोटो क्याप्सन निर्वाचन सामाग्री बझ्ने कार्य गर्दै खटिएका कर्मचारी सामाग्री बुझाउदै निर्वाचन कार्यालयका कर्मचारीहरु । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका सवै मतदान केन्द्रमा कर्मचारीहरु पुग्नु भएको छ । आईतबार र सोमबार सिमकोटबाट हिडेका कर्मचारी बेलुकासम्म आआफ्नो मतदान केन्द्रमा पुगेका हुन ।

मतदान कार्यको ४८ घण्टा अगाडी मतदान केन्द्रमा खटिएका कर्मचारी पुग्नु पर्ने कानूनी प्राब्धान रहेकोले आजसम्म जिल्लाका ६४ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीहरु पुगेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । यसअघि निर्वाचन गराउनका लागि आवश्यक पर्ने ४९ प्रकारका सामाग्रीहरु निर्वाचनमा खटिएका कर्मचारी बुझ्ने कार्य भएको थियो ।

उना अनुसार ५० वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरु पैदल मार्गबाट आफ्नो मतदान केन्द्रमा पुगेको र नाम्खा गाउँपालिका– ४ को हिमालय प्रावि चाला मतदान केन्द्र र वडा नम्बर ६ का तीन वटा मतदान केन्द्रहरु हिमशिखर प्रावि तील , सुनखानी प्रावि हल्नी भृकुटी प्रावि जाङ गरि चार वटा मतदान केन्द्रका कर्मचारीहरु भने नेपाली सेनाका हेलिकोप्टरले चौध वटा उडान भरेर ओसार्ने कार्य गरेको हो ।

जिल्लाका सात वटै गाउँपालिकाका सवै मतदान केन्द्रमा पुग्नु भएका मतदान अधिकृतहरु केन्द्रमा पुगेर आफ्नो सम्पर्कमा आई सकेको उहाँले बताउनुभयो । केही मतदान केन्द्रमा आजै सर्वदलीय बैठक समेत वसेको छ ।