मौन अवधिमा निर्वाचन आचार संहिता पालन गर्ने प्रतिबद्धता

सि.टा. समाचरादाता
सिमकोट । फागुन २१ ग्तेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा आचार संहिता पालन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । सोमबार वसेको सर्वपक्षीय तथा आचार समिति अनुगमन समितिको बैठकमा दलका उम्मेदवारका प्रतिनिधिहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनमा भाग लिएका सात मध्य पाँच वटा दलका उम्मेदवारका प्रतिनिधिहरु मैन समय सुरु भएपछि आचार संहित पालन गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए । मौन अवधि सोमवार राती बाह्र वजेबाट सुरु हुदैछ ।

यो अवधिमा कानुन अनुसार गर्न नहुने कुनै पनि काम नगर्ने दलका प्रतिनिधिहरु बताएको उनले बताए । हालसम्म निर्वाचनका प्रचारप्रसार शान्त रहेको र अव मौन अवधिदेखि मतदानसम्म पनि शान्तीपुर्ण रुपमा बाताबरण तयार गर्नेतर्फ आफुहरु लाग्ने दलका प्रतिनिधिले बताएका थिए ।

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको अध्यक्षतामा बसेको बैठकमा प्रजिअ रेग्मी गुल्मपति हरिवावु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी निरीक्षक डम्बर खड्का, अनुसन्धान प्रमुख, आचार संहिता अनुगमन समितिका अधिकृतको सहभागिता रहेको थियो भने दलका प्रतिनिधिहरुमा नेपाली काँग्रेसका सचिव कष्णबहादुर बोहरा, एमाले सचिव तीर्थराज बोहरा, नेकपा सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत, रास्वपा सभापति नरजित दमाई र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।