उपाध्यक्ष कप फुटबल प्रतियाेगिता असोज १८ गतेबाट हुदै

सि.टा. समाचारदाता
सिमकोट । उपाध्यक्ष कप फुटबल प्रतियोगिता आगामी असोज १८ गतेबाट सदरमुकाम सिमकोटमा हुने भएको छ । रानी वन युवा क्लवले बडा दसैँको अवसरमा सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
उपाध्यक्ष कप फुटबल प्रतियोगिता नाईन ए साईट हुनेछ । सो प्रतियोगिता असोज १८ गतेबाट सिमकोट गाउँपालिका– ५ को रानी बन युवा क्यवको आयोजनामा हुनेछ । जिल्ला स्तरीय प्रतियोगिता भएको कारण जिल्लभरका टिमहरुले सहभागीता जनाउनु पाउने र त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा बिजेता टिमले एक लाख पचास हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार नगद प्राप्त गर्नेछ । प्रतियाोगितामा टिम दर्ता शुल्का चौध हजार रुपियाँ रहेको छ ।