सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।
दुर्गम हिमालि जिल्ला विकट हुम्लामा कार्य गर्दै आएका नेपाल प्रहरी काे दु:ख र आफ्ना घरपरिवार बाट टाढीएकाे घर बिदा समेत जान नपाए बस्दै रात दिन, असिना पानी र चर्काे टन्टलापुर घाम समेत नभनेर डिउटीमा निरन्तर खटेर हुम्लि जनताको सेवा गर्दै आएकाे प्रहरी जवानहरुकाे पिडालाई बुज्दै सानाे भए पनि प्रहरीहरुकाे मनमा शान्ति र सुख छावस भन्ने हेतुले एक औपचारिक रुपमा रामईलाे काे लागि साँस्कृतिक कार्यक्रमकाे आयोजना गरेकाे डिएसपी शंकर खड्काले बताउनु भयाे ।
उक्त साँस्कृतिक कार्यक्रममा नेपाल प्रहरी जवानहरुले
१३ वटा नृत्य प्रस्तुत गरेर दर्सकलाई मनाेरञ्जन समेत दिएर निकै आनन्दीत तुल्याएका थिए ।
नेपाल प्रहरीकाे बर्दिमा रहेर डिउटी गर्दैकाे पिडा दुख र कष्टकरलाई झल्काउदै साँस्कृतिक कार्यक्रममा साहित्यक रचना कविता र जगल मार्फात प्रहरी हवल्दार सुनकुमारि चाैदरिले प्रस्तुत गर्नु भयाे ।
अन्य प्रहरी हवल्दार र जवानहरुले पनि आफ्ना साहित्यक रचना गजल ,मुक्त कबिता दुखका भाव झल्काउदै प्रस्तुत गरेका थिए ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख सिवराज शर्माले साँस्कृतिक भनेकाे आफ्नो पहिचान र गहना हाे यसलाई हराउन वा लाेप हुन दिनु हुँदै भन्ने सन्देश दिदै एक मात्र जिल्ला प्रहरी कार्यलय हुम्लाले नभए अन्य शसत्त्र प्रहरी र नेपाली सेना (आर्मि) लगायतका अरु विभिन्न कार्यलयले पनि साँस्कृतिक कार्यक्रम राखेकाे भए सुख दुख सटासट गर्नुका साथै नदेखेका नृत्य हेर्न पाउने र नसुनेका विभिन्न गित संगित साहित्यक रचनाहरु समेत पनि सुन्न सकिने र सबैले साँस्कृतिक काे मुल भाव के हाे भनेर बुज्न पाउने एक माध्यम पनि बन्न सक्ने भएकाे समन्वय प्रमुख शर्माले बताउनु भयाे ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख टेक कुमार रेग्मी , सिमकाेट गाँउपालि अध्यक्ष विजय भण्डारी (प्रतिरोध ) ,शसत्त्र प्रहरीका प्रतिनिधि नेपाली सेना (आर्मि) का प्रतिनिधि जिल्लाका सबै कार्यलयका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मी लगायत प्रहरी जवानहरुकाे उपस्थित रहेकाे थियाे ।
























