शनिवार मौसम यस्तो रहने

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.1.10.1.W20; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 27;

सि.टा. समाचरदाता
सिमकोट । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू–भागमा मौसम सफा रहेको जनाइएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले मौसम पूर्वानुमान बुलेटिनमा जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडीका साथै बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ ।

साथै कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु–कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।