सडकमा जमेको हिउ पन्छाएप्छि नारा सडक सुचारु

फोटो क्याप्सन एक ट्रक खलाएपछि नारा लेकको सडकमा यातायातका साधन गुड्दै ।

सि.टा. समाचारदाता
सिमकोट । कात्तिक १२ देखि चौध गतेको हिमपातपछि पून अबरुद्ध भएको सिमकोट हिल्सा सडकको नारा लेकको सडक सुचारु भएको छ । नारा लेकको सडकमा जमेको हिउ हिल्सा सिमकोृट सडक योजनाले जेसिवी मेशिन लगाएर एकल ट्रयाक हिउ पन्छाएपछि यातायात सेवा सुचारु भएको हो ।

सडकमा हिउ जमेर एक हप्ता यातायात सेवा अबरुद्ध भएको नाराको सडकमा जमेको हिउ एकतर्फी रुपमा मेशिनबाट पन्छाउने कार्य भएपछि यातायात सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए ।

तत्काल यातायात सेवा सुचारु गर्न एकतर्फी रुपमा ट्रयाक खुलाउने कार्य भएपछि हाललाई काम चलाउन रुपमा यातायात सेवा सुचारु भएको हो । दुईतर्फी यातायात आवागमनका लागि जेसिवीलेद्धारा हिउ पन्छाउने कार्य भई रहेको र शुक्रबार सो कार्य सकिएपछि दुईतर्फी रुपमा यातायात सञ्चालन हुने छ ।

पछिल्लो हिमपातले एक हप्ता उक्त खण्डको यातायात सेवा अबरुद्ध भएको थियो । यो बिचमा आफु नारासम्म पुगेर अनुगमन गरेपछि हिल्सा सिमकोट सडकले हिउ पन्छाउन सुरु गरिएको हो ।

यसअघि असोज ९ गतेदेखि ११ गतेसम्म परेको भारी हिमपातले सत्ताईस दिन नारा क्षेत्रमा यातायात सेवा बन्द भएको थियो । चौध दिन लगाएर जेसिवीले सडकमा जमेको हिउ पन्छाएप कात्तिक ३ गतेबाट यातायात सेवा सचारु भएको थियो ।