सि.टा. समाचारदाता
सिमकोट । सहयोगी हातबाट विभिन्न प्रकारण औषधीसहयोग पाएपछि जिल्लाका स्वास्थ्य संस्थाहरुलाई सहज भएको छ । आर्थिक वर्ष सकिनै लागेको सयममा भएको औषधी सकिनै लागेको वेला आवश्यक औषधी सहयोग पाएपछि बिरामीको उपचारमा सहज भएको हो ।
नाम्खा गाउँपालिका– ५ को यारी सामुदायीक स्वास्थ्य ईकामा औषधी अभाव भएको समयमा आवश्यक औषधी सहयोग र जनशक्तिको ब्यवस्था गरि दिएपछि बिरामीको उपचारमा सहज भएको यारी गाउँका नाम्ग्याल तामाङले बताए ।
गाउँपालिकाबाट आउने औषधीको अभाव भई रहेको समयमा सहयोग हातबाट औषधीका साथै नर्सिङ जनशक्ति पाउदा दुरदराजका बिरामीहरुको उपचारमा सहयोग पुगेको उनको भनाई छ ।
त्यसैगरि दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को सामुदायीक स्वास्थ्य इकाई मासपुरलाई पनि एक जना एएनएम र औषधी उपलब्ध भएपछि जिल्ला कै दुर्गम क्षेत्रका रुपमा परिचित मासपुर गाउँका बलबहादुर बुढाले बताए ।
गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयबाट बिरलै औषधी आई पुग्न उक्त गाउँमा जनशक्ति र औषधी एक साथ सहयोग पाएपछि स्थानीय बासिन्दा निक्कै खुसी भएको उनको भनाई छ ।
अन्य सरकारी तथा गैरसरकारी निकायहरुको समेत निक्कै कम उपस्थिती रहने मासपुर गाउँको स्वास्थ्य संस्थामा यस पटक ठुलो सहयोग मिलेको होे ।
त्यसैगरि सर्केगार्ड गाउँपालिका– १ को सामुदायीक स्वास्थ्य इकाई तुम्चमा पनि औषधी र जनशक्ति सहयोग प्राप्त भएको उक्त वडाका वडा सदस्य उव्जन मल्लले बताए । आर्थिक वर्ष सकिनै लागेको सयममा औषधी र जनशक्ति सहयोग भएपछि बिरामीलाई उपचार गर्न सहज भएको उनको भनाई छ ।
औषधी र जनशक्ति सहयोग प्रदान गरिएका अन्य स्वास्थ्य संस्थाहरुमा नाम्खा गाउँपालिका– २ को सामुदायीक आधारभुत स्वास्थ्य एकाई केमी, सिमकोट गाउँपालिका– २ को बरगाउँ स्वास्थ्य चौकी, सर्केगार्ड गाउँपालिका– ४ को साँया स्वास्थ्य चौकी र चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ प्रसुती गृह रहेका छन ।
यी सात वटै स्वास्थ्य संस्थामा उपचार सेवा सहज रुपमा प्रदान गर्नका लागि जनशक्तिमा एचए, एएनएम, स्टाप नर्स र औषधी प्रदान गरिएको सिप नेपाल हुम्लाका संयोजक कालीबहादुर भण्डारीले बताए ।
सात वटै स्वास्थ्य संस्थामा ४७ प्रकारमा औषधी र एक एक जना जनशक्ति उपलव्ध गराईएको उहाँको भनाई छ । यसका लागि सात लाख ८१ हजार ४३३ रुपियाँका औषधी सहयोग गरिएको छ ।
यसका लागि आर्थिक सहयोग नेपाल ट्रष्ट युके र बिकास कोष ( युएनएफ ) र सहजिकरण सीप नेपालको रहेको छ ।























