खच्च सडकले यातायात सेवा सञ्चालनमा समस्या भएको भन्दै यातायात ब्यवसायीद्धारा ज्ञापनपत्र पेश

फोटो क्याप्सन प्रमुख जिलला अधिकारी गुरागाईलाई ज्ञापन पत्र पेश गर्दे यातायात व्यवसायी ।

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाका यातायात ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईलाई ज्ञापनपत्र पेश गरेका छन् । सधै सुख्खा पहिरो खसी रहने कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ खच्च क्षेत्रको सडक सुधारका लागि यातायात ब्यवसायीले सो ज्ञापन पत्र पेश गरेका हुन ।

दैनिक रुपमा खच्च क्षेत्रको सडकमा सुख्खा पहिरो खसेर यातायातका साधनले सास्ती खेप्नु परेपछि त्यसको सुधारका लागि प्रमुख जिल्ला अधिकारी गुरागाई मार्फत ज्ञापनपत्र पेश गर्ने कार्य भएको हिल्सा यातायात प्रालिका अध्यक्ष बिशाल रोकायाले बताए । सो खण्डको सडकमा सुख्खा पहिरो खस्ने डरको कारण यात्रुलाई झारेर खाली यातायातका साधन चालकले चलाउदै आएका छन् ।

सडकको सुधार गरेर निर्भयका साथ यातायात सेवा सञ्चालन गर्नका लागि यो ज्ञापनपत्र पेश गरिएको हो । खच्चमा दिन एक पटक सुख्खा पहिरो नखसेको दिनै नभएको उल्लेख गर्दै यसको दिर्घकालीन समस्या समाधानको उपाय निकाल्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

सो ज्ञापन पत्रमा सडक साँघुरो र पहिरो क्षेती पुगेकोले कुनै दिन ठुलो दुर्घटना निम्तिन सक्ने भएकोले बेलैमा ध्यान दिन पनि ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गुरागाईले आफु एक दिन अगाडी मात्र सो सडक भएर आएकोले सुख्खा पहिरोका कारण समस्या भई रहेको बताउदै अव उक्त सडक हेर्ने निकायसंग समन्वय गरेर समस्या समाधानको उपाय निकाल्ने बताए ।

खच्च सडकको भुवनोट हेर्दा यसका जैविक बिधिबाट सडकको सुधार गर्न आवश्यक रहेको उहाँको भनाई छ । ज्ञापनपत्रको बोधार्थ संघीय मन्त्रालय, प्रदेश मन्त्रालय, कवाडी सलीसल्ला हेर्ने सडक कार्यालयलाई दिईएको छ ।