सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय लेंकधिंघा हाईअल्टीच्यूट भलिवल प्रतियोगिताको उपाधी सिमकोट गाउँपालिका– ७ को कर्णाली युथ क्लवले जितेको छ । प्रतियोगिताको फाईनल खेलमा उक्त क्लव बिजेता बनेको हो ।
तीन हजार छ मिटरको उचाईमा सञ्चालन गरिएको लेकधिंघा हाईअल्टीच्यूट भलिवल प्रतियोगिताको बजेता कर्णाली युथ क्लव भएको छ । सो कपका लागि भएको फाईनल खेलमा उक्त क्लवले सेकेण्ड स्टार युथ क्लवलाई हराउदै प्रथम हुन सफल भएको हो । प्रतियोगितामा द्धितीया सेकेण्ट स्टार युथ क्लव र तृतीया स्थान नाम्खा गाउँपालिका– १ हेक्पा आईस भएको ।
बिजेता टिमलाई प्रथम, द्धितीया र तृतीया क्रमश एक लाख, ७० हजार र ४० हजार नगद सहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । नाम्खा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कपको आयोजना लेकधिंघा हाईअल्टीच्यूट आयोजक समितिको गरेको हो । हुम्ला जिल्ला कै सवै भन्दा उच्च खेल मैदानमा कप सञ्चालन भएको हो ।









