कर्णाली नदीमा पानीको बहाब बढ्यो

फोटो क्याप्सन अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमाना पर्ने पैमामा कर्णाली नदी बढेको बहाब । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता

सिमकोट ।       कर्णाली नदीको किनारमा पानीको बहाब बढ्दै गएको छ । लगातार वर्षा भई रहेको कारण कर्णाली नदीमा पानीको बहाब सधै भन्दा निक्कै माथि आएको कारण जोखिम समेत बढेको हो ।

यी क्षेत्रको नदीको बहाब सधै भन्दा माथि आई सकेको कारण संभावित जोखिम बढेको गएको छ । नदी किनारमा पानीको सतह पहिले भन्दा निक्कै माथि आई सकेको कारण नदी किनारमा कोही पनि नजान र पौडी समेत खेल्नु जोखिम देखिएको हो ।

वर्षा लगातार भई रहेकोले लेदो सहितको पानीले नदीको बहाब बढाएको कारण हिल्सादेखि कवाडीसम्म नदी किनारमा वस्नेहरुलाई सुरक्षित ररहनु आवश्यक देखिएको छ । हिल्सावाट कवाडीसम्म तेह्र वटा वस्ती रहेका छन ।

नाम्खा गाउँपालिकाको हिल्सा, खार्पुनाथ गाउँपालिकाको नल्न, याङ्चु बजार,, भिगौडा, सर्केगार्ड गाउँपालिकाको स्याल्तडी, गाउँपालिका केन्द्र सर्केगार्ड, ताँजाकोट गाउँपालिकाको पैमा र कवाडीमा बस्ती धेरै बसेको छ । यी क्षेत्रमा नदीले डुवान गर्ने संभावना पनि रहेको छ ।

स्थानीय, यातायातका साधन र पैदल यात्रुहरुलाई नदी किनारमा नहिड्न र हिड्नै परे नजिकको प्रहरी चौकीमा खवर गरेर सचेततापुर्वक जान पर्ने देखिएको छ । पानी निक्कै माथि आएको कारण नदी किनार घर भएका स्थानीयहरु बढी जोखिममा देखिएका छन् ।