सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिकाको दुर दराजका वडाहरुका एकिकृत स्वास्थ्य शिबिर सञ्चालन हुँदा झण्डै पाँच सय बिरामी लावान्भित भएका छन् । दुर्गमका बिरामीहरुलाई बिशेषज्ञ चिकीत्सक सहितका स्वास्थ्यकर्मीको उपस्थितीमा शिबिर आयोजना गरिएको हो ।
सर्केगार्ड गाउँपालिका– ७ र ८ का दुर्गमका वस्तीमा दुई दिनसम्म सञ्चालन भएको शिबिरमा ४९४ जना बिरामीहरु लावान्भित भएको शिबिर आयोजना हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए ।
सेन्टरले सामाजिक सेवाभाव र सामाजिक उत्तरदायित्व अन्र्तगत एकिकृत स्वास्थ्य शिबिर आयोजना गरेको हो । तीन जना चिकीत्सक र स्वास्थ्यकर्मीको उपस्थितीमा राहादेव र रोडीकोट गाउँमा स्वास्थ्य शिबिर सञ्चालन गर्दा बिरामीले घरआगन मै स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएको हुन ।
यो शिबिरमा ३११ जना महिला र १८३ जना पुरुषको उपचार भएको थियो । जम्मा उपचार गरिएका मध्य १२० बालबालिका र १०६ जेष्ठ नागरिक रहेका छन् । शिबिरमा ९४ नव्वे वर्षका काल्च्या रोकाया र कम उमेरकी बालिका रोसना शाहीले उपचार सेवा प्राप्त गरेकी छन् ।
यसका लागि जिल्ला अस्पतालकाट चिकीत्सक भिम बुढा र विवेश याद तथा सर्केगार्ड गाउँपालिकाकी चिकीत्सक ईश्वरी पौडेलले उपचार गरेका थिए ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाका स्वास्थ्यकर्मी र रोडीकोट स्वास्थ्य चौकी तथा राहदेव स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु पनि परिचालन भएका थिए । शिबिरमा १५० किसिमका औषधीहरु निशुल्क रुपमा बितरण गरिएको छ ।
वचेको औषधी समेत शिबिर सञ्चालन गरिएको स्वास्थ्य संस्थामा सहयोग प्रदान गरिएको छ । त्यसैगरि शिबिरमा चिकीत्सकहरुबाट चेकजाँच, स्त्रीरोग, नाक काँन र घाँटीको उपचार, सुगर तथा प्रेशसर चेकजाँच भएको छ । बाल रोग पनि उपचार भएको थियो । त्यसैगरी बिरामीको आवश्यकता अनुसार भिडियो एक्सरे पनि गरिएको छ ।
यसका लागि सम्पुर्ण आर्थिक सहयोग सेन्टरको रहेको छ । यसअघि पनि पटक पटक सेन्टरले यस्ता शिबिर सञ्चालन गर्दै आएको छ । अब हरेक दुई महिनामा दुर्गमका वस्तीमा यस्ता शिबिर सञ्चालन हुनेछन् ।
यसका लागि विदेश मै वसेर हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका – ५ ताक्लाका चिकीत्सक हर्कसिंह भण्डारीले आर्थिक सहयोग जुटाई रहनु भएको छ् भने हुम्ला मै रहेका उहाँका बुवा ग्वामसिंह भण्डारीले सहजिकरण गरेका थिए ।
शिबिरमा सेन्टरका लेखा प्रमुख कालीबहादुर बोहरा र स्वास्थ्यकर्मी हिक्मत बोहराको पनि सहभागिता रहेको थियो । शिबिरको अनुगमनका लागि सल्लाहकार समितिका सदस्य विर्ख दमाई पनि सहभागी रहेका थिए ।
यसका लागि सम्पुर्ण आर्थिक सहयोग सेन्टरको रहेको छ । यसअघि पनि पटक पटक सेन्टरले यस्ता शिबिर सञ्चालन गर्दै आएको छ । अब हरेक दुई महिनामा दुर्गमका वस्तीमा यस्ता शिबिर सञ्चालन हुनेछन् ।
























