फिफा विश्वकप : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

सि.टा. समाचारदाता
सिमकोट । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् ।

अन्तिम चारमा पुग्नेमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन रहेको छ ।

रोचक विषय यी चारवटै टोली फिफा वरीयताको पनि शीर्ष चारमा छन् । वरीयतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ ।

आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराएर अन्तिमा चारमा पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुनेछ ।