सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

आईतबार भएका फाईनल प्रतियोगितामा पुरुषतर्फ कर्णाली माविलाई सोझो सेटमा हराउदै कर्णाली युवाक्लव विजेता भएको छ । त्यसैगरि महिलातर्फ कर्णाली माविले थाया युवा क्लवलाई हराउदै बिजेता भएको छ ।
विजेता पुरुषतर्फका टिमलाई दश हजार र उपविजेतालाई सात हजार र महिलातर्फको विजेता टिमलाई सात हजार नगद, उपविजेता पाँच हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको आर्थिक समितिको सल्लाहकार मन्दिर सिंह बताए । पुरस्कार वडा अध्यक्ष बलविर शाही, महेन्द्र बहादुर शाही, सामुदायकि वनका अध्यक्ष मन्दिर सिंह लगाएतबाट वितराण् गरिएको थियो ।
प्रतियोगिता साउन १ गतेबाट सञ्चालन भएको हो । प्रतियोगितामा आठ वटा महिला र दश वटा पुरुषका लागि अठार वटा टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता व्राईत फ्युचर युवा क्लवले आयोजना गरेको हो । आर्थिक ब्यवस्थाका लागि वडा अध्यक्ष शाहीले पचास हजार र प्रत्येक घरधुरीवाट आर्थिक सहयोग गरिएको हो ।
























