सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही बिरामीलाई सहज र सफथ मुल्यमा औषधी बिक्री बितरण गर्नका लागि ताक्ला फार्मेसी स्थापना गरि सञ्चालनमा आएको हो ।
उक्त फार्मेसीमा राखिएका औषधीहरु प्रिन्ट रेटमा बिक्री बितरण गर्नका लागि ताक्ला फार्मेसी स्थापना गरिएको हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए ।
हाल सर्केगार्डमा स्थापना गरिएका फर्मेसीहरुले यसरी प्रिन्ट मुल्यमा औषधी बिक्री नगरेको अवस्थामा यसको स्थापना भएको छ ।
फार्मेसीमा स्थापना मै तीन सय भन्दा बढी प्रकारका औषधीहरु राखिएको छ । यसअघि सदरमुकाम सिमकोट सञ्चालन गरिएको उक्त फार्मेसीलाई आवश्यकताका आधार सर्केगार्डमा सारिएको हो ।
फार्मेसीबाट बिक्री हुने सवै औषधी प्रिन्ट मुल्यमा बिक्री गरिने छ । हाल सर्केगार्डमा ब्यवस्थित फार्मेसी नभएको बेला फर्मेसी अध्ययन गरेको जनशक्ति सहित ताक्ला फार्मेसी स्थापना गरिएको छ । उक्त फार्मेसीले पनि ब्यवसायका साथै सामाजिक उत्तर दायित्वको कार्य पनि गर्ने जनाएको छ ।
विदेशमा रहँदै आएका खार्पुनाथ गाउँपालिका– ५ को ताक्ला निवासी डाक्टर हर्कसिंह भण्डारीको सहयोगमा सो फार्मेसी सञ्चालन भएको हो । उनले बिदेशमा रहेको परिवारको सहयोग जुटाएर फर्मेसीलाई पठाउने गरेका छन ।
सदरमुकाम सिमकोटमा हेल्थ अस मेडिकल सेन्टरबाट औषधीहरु बिक्री हुँदै आएको र सो फार्मेसीले पनि सामाजिक उत्तर दायित्वको कार्य गर्दै आएको छ ।























